Texas College
YouTube Link

निर्वाण प्राप्ती र प्रेम! —-

Facebook Link

आँफैलाई सज्नु
फुलाउनु
बिक्री गर्नु रहेछ जिन्दगी

प्यार आँफैलाई गर्नु
आफ्नै हातले आफ्नै देह सुम्स्याउनु
अङ्ग तन्तु कोष मालिस गर्नु मज्जाले !
तेल लगाउनु जहाँ दुख्छ
फाटेको अङ्ग आफ्नो आँफैले सिलाउनु
मलम लगाउनु धैर्यताको
आँसुको होइन

रून्चे हासो पनि नहाँस्नु
छि! छि!
पुरुष भएर पनि रून्छन?
महिला पनि त रूनु भएन!

नरोएरै हामी हारिरहेछौं
नजानेरै हामी हारिरहेछौं
आफ्नो जिन्दगी आँफैले बिताउने हो
सपार्ने बिगार्ने आँफैले हो

अरूको जिन्दगीमा हमला किन गर्छौ हँ?
किन मार्छौ भागिरथीहरू ?
किन लुट्छौ निर्मलाहरू ?
किन भेरी कर्णालीमा मान्छे बगाईदिन्छौ?
किन किन किन ???

बाहिर घाममा केही बेर बस्नु
कोषहरुलाई मलजल गर्नु
पौष्टिक आहारा मात्र खानु
राम्रो मात्र सोँच्नु
एकबारको जिन्दगी हो
राम्ररी बिचार्नु र चर्नु , चहार्नु
कसैको कूभलो नसोच्नु
कसैलाई हिंसा नगर्नु

बिश्वास र प्रेमको मान, श्रद्धा राख्नु
सदैब प्रेमका बिरूवा रोप्नु
आफ्नो जतन आँफै गर्नु
आफ्नो प्रेम आँफै गर्नु
कसैको आस नगर्नु
उसको जतन
उसको ख्याल पनि त उसैले गर्ने हो

मज्जाले घाम ताप्नु
धित मर्ने गरी माटोमा लडिबुडी गर्नु
देह पख्लने गरी पानीमा खेल्नु पौडनु
रूखलाई ग्वाम्लाङ्ग अगालो हाल्नु
प्राणीको बध नगर्नु
गोडाले किरै नमार्नु

बुद्धका पाइला पाइला हिँड्नु
एक्लै हिँड्नु
निर्वाण प्राप्तिको लागि शुन्यमा बिलिन हुनु
अहिंसात्मक मार्ग रोज्नु
आफ्नो भलो आफै गर्नु
हेर!
संसारको भरोसा नगर्नु
समय बदलिएको छ
अतृप्त भोको छ जगत्

बरू नाङ्ग्गै हिँड्नु हेर
पथभ्रष्ट हुँदै नहुनु
आफ्नो प्रेम आँफैले गर्नु
पृथ्वीलाई ग्वाम्लाङ्ग अँगालो हाल्नु

हावा, पानी, माटो, धरती, आकाश, अन्न के मान्छेले दिएको हो कि पृथ्वी माताले ?
तिम्रो जन्म कसले गराईदिएको हो ?
दुनियाले कि तिम्रो माताले ?
संझनु यी दुई चिजको स्खलन र बर्खिलाप कहिल्यै नगर्नु
धरतीलाई ग्वाम्लाङ्ग अँगालो हाल्नु
म्रुदु मुस्कान दिनु र म्वाईं खाईदिनु
ब्रम्हाण्ड तिर हेर्नू सम्झनु
र सारा तिम्रो जे जे छ अर्पण गरिदिनु
ब्रम्हाण्ड भएर नै तिमी भएको हौ

संवेगका जन्ती त्यागिदिनु
शुन्यमा बिलिन हुनु
जिन्दगी बिताइदिनु
एक्लै बाँच्नु
एक्लै हाँस्नु
निर्वाण प्राप्ती गर्नु …
आफ्नै प्रेम आँफै गर्नु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२५

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको...

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

वि.सं.२०८२ असोज १४ मंगलवार १२:२४

काठमाडौं: नव गायक निर्मल तामाङले 'आमा…' बोलको अनप्लग गीत लिएर...