YouTube Link

जितेन्द्र रसिकको बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक

World Cup 2026
Facebook Link

काठमाडौं: साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ ।

कोभिड-१९ को जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा लोकार्पण गरिएको हो ।

कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान गर्न खोजिएको छ ।

बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्पराभित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

कथा कृति मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिशिंग हाउसका रमण राउतले बताए ।

त्यस्तै एडुकेशनल पब्लिशिंग हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुती रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुने बतए ।

‘बेलबहादुरसँग बिहे’ चित्रकथामा वरिष्ठ चित्रकार एक्कारामसिं को चित्र रहेका छन् । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । कृतिको मूल्य १५० रुपैयाँ रहेको छ ।

रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिशिंग हाउस जमल लगायत काठमाडौंका सबै पुस्तकपसलमा उपलव्ध गराइएको एडुकेशनल पब्लिशिंग हाउसले जनाएको छ ।

काठमाडौं बाहिर भने केहि दिनमै वितरण हुने जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...