YouTube Link

बूढो ल्याम्पपोस्ट

Facebook Link

एउटा बूढो ल्याम्पपोस्ट
कुनामा चुपचाप उभिएको छ
ऊ हेरिरहन्छ–
सडकमा खेलिरहेका बच्चाहरू
चोकमा गफ गरिरहेका थकित भरियाहरू
पल्लोघरको बरण्डामा गृहिणीहरूको गन्थन
चियापसलमा साथीभाइको भेटघाट।

त्यो बूढो ल्याम्पपोस्टमाथि
एउटा बेवारिस चङ्गा अल्झेको छ
जो आफ्नो दुर्भाग्य फरफराउँछ
त्यहाँ, एउटा बेरोजगार चरीको गुँड पनि छ
शिशिरयाममा पातहरू झरेर गएको रुखझैँ
यो रङ्ग खुइलिएको खामो
उभिन्छ गल्ली कुनामा उजाड–उजाड ।

त्यो बूढो ल्याम्पपोस्टमुनि
एउटा बौलाहा पीरव्यथाका जुम्राहरू गनेर बस्छ
एउटा भिखारी अँध्यारो ओढेर सुत्छ
एउटा कुकुर घाउहरू सुम्सुम्याउँदै रुन्छ
मध्यरातसम्म फत्फताइरहन्छ एउटा जँड्याहा
सरकारमाथिको आक्रोश ।

यही बाटो हुँदै
हुल्याहाहरू बूढो ल्याम्पपोस्टमाथि
ढुङ्गाहरू बर्साउँदै जान्छन्
बल्बहरू फुटाउँदै भाग्छन्
युद्धमा आँखा घाइते बनेको सिपाहीझैँ
झोक्रिरहन्छ फ्युज्ड चिम बोकेर ल्याम्पपोस्ट ।

अलपत्र छ अनिकालमा छोडेर गएको घरजस्तै
भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै
नयाँ बल्ब फेरिएको छैन
नयाँ रङ्ग रङ्गाइएको छैन
ठडिएको छ यो बूढो ल्याम्पपोष्ट झैँ
समयको अँध्यारोमा मेरो देश ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...