युद्ध शिविरबाट
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ०८:३९
1.3K
shares
खिल्नु
शिरमा एउटा कोमल राष्ट्रियता
पोक्याउनु
पोल्टामा अर्काे तेराकी जून
र
मनलाई शुद्ध दर्छिन बनाउनु
मैले तिमीलाई
इतिहासको एउटा बग्दाद छाडेको छु ।
अस्ति
सल्लेरीमा पिप्ले माइला ढल्यो
देशले एउटा
उज्यालो घाम गुमायो
दुनइमा
हर्कजित प¥यो
देशले अर्को
उम्दो जून हरायो
हिजैमात्र हो
रुम्जाटारमा माथ्लाघरे परे
म्
लगभग …… छु ।
यो विनेट
यो राइफल
यी वम–बारुदहरु ।
आ…हा …
समरमा मलाई
यिनैले यदि छले भने ?
युद्धमा मलाई
यिनैले यदि ढाँटे भने ?
खिल्नु सानु
निस्फिक्री खिल्नु
शिरमा सधैं कोमल राष्ट्रियता
पोल्टामा उस्तै
अर्को तेराकी जून
र
मनलाई शुद्ध बनाउनु
मैले तिमीलाई
इतिहासको
सिङ्गै ‘अफगान’ सुम्पेको छु ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ०८:३९




















