YouTube Link

आदिबासी जनजाति चलचित्र महासंघद्वारा चलचित्रकर्मीलाई आर्थिक सहयोग

Facebook Link

काठमाडौं: आदिबासी जनजाति चलचित्र महासंघले चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गरेको छ ।

कारोना भाईरसका कारण लामो समयसम्म लकडाउन हुँदा आयश्रोत बन्द भई दैनिक जिबिको पार्जनमा अप्ठेरो परेका चलचित्रकर्मीहरुलाई प्रति ब्यक्ती नगद पाँच हजारका दरले सहयोग रकम उपलब्ध गराएको हो ।

महासंघले आईतबार आदिबासी जनजाति चलचित्र महासंघको कार्यालय नयाँबानेश्वरमा ६३ जना चलचित्रकर्मीहरुलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस महामारीका कारण गत चैत्र महिनादेखि बन्द भएको चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यसरी चलचित्र क्षेत्रको सम्पुर्ण कामहरु बन्द भएपछि दैनिक चलचित्र क्षेत्रमा काम गर्ने अधिकांश चलचित्रकर्मीहरुलाई समस्या परेको हुँदा सहयोगको आवश्यकता रहेको महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताए ।

आदिबासी जनजाति चलचित्र महासंघले यस अघि पनि बिभिन्न चरणमा राहत बितरण गर्दै आएको महासंघका उपाध्यक्ष बिकु थोकरले बताए । सहयोग रकम महासंघमा आबद्घ जातिय संस्थाहरुसँग समन्वय गरेर अति समस्यामा परेका चलचित्रकर्मीहरु मात्र बितरण गरेको महासंघका महासचिव पुर्खाजित राईले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, उपाध्यक्ष बिकु थोकर, महासचिव पुर्खाजित राई, सचिव सिजिका माझी, चलचित्रजन्य जातिय संस्थाका अध्यक्ष, चलचित्रकर्मीहरु उपस्थिति रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...