YouTube Link

दुई गजल

Facebook Link

गजल – १

किन किन मनमा अचम्मको चाल भको छ
जसो गरे पनि नहुने खै कस्को जाल भको छ ।

समस्याको समाधान गर्छु भन्दा भन्दै आज
गहिरिएर घाऊ फेरी बेहाल भको छ ।

समयले बाटो अन्तै मोड़न् थालेपछि मलाई
आफ्नै जिन्दगीको न सुर न ताल भको छ ।

जता हेर्छु उतै तिर जाल झेल गर्ने मात्र देख्छु
लाग्छ इमान्दार मान्छेको अनिकाल भको छ ।

जलस्रोतको दोस्रो धनी राष्ट्र हाम्रो देश
भ्रष्टचारीले लुटेर कति कंगाल भको छ ।

 

गजल – २

भर दिने रुखको ज़रा फेदै देखि मरेपछि
यस्तै भै टुट्छन् सपना अर्कैको भर परेपछि।

बिश्वासमा घात भएर आज मैले गला रेटें
दुख्ने रैछ मन मुटु काँडा जती मैं तिर झरेपछी ।

पैतलामा काँडा बिझ्दा शीर सम्म दुखे जस्तै
दुख्दों रै’छ यो मन् पनी तिमी अन्तै सरेपछि ।

बिदाईमा हात हल्लाउदै दोबाटोमा छोड्यो
गाह्रो भयो पीडा भोग्न चोखो माया गरेपछि ।

बियोगको आलो घाउमा नुनचुक छर्किनलाई
अब खबर के सोध्छौं र सात समुद्र तरेपछी ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...