YouTube Link

अनाम अनाम शहीद बनिदिन्छन् तिनीहरु

Facebook Link

सफलताका थुप्रै थुप्रै कामना बोकाएर
शान्तिका थुप्रै थुपै सन्देश लदाएर
– हरेक समारोहमा
– हरेक उत्सवमा
– हरेक मन्दिरमा
करतलध्वनिको गुञ्जाइसँगै
वैदिक ऋचाका उच्चारणसँगै
मन्दिरका पवित्र घण्टाका आवाजसँगै
अक्कासिँदै अक्कासिँदै उडेका
-बिचरा परेवाका जोडीहरुलाई
बतास्सिँदै बतास्सिँदै गएका
-विचरा परेवाका जोडीहरुलाई
के थाह ? कुनै पनि बेला
कतै खेतका
कतै पाखामा
कतै आलीमा
कतै डालीमा
बन्दुकको गोलीले छाती नै छेडिन सक्छ भनेर
गुलेलीको मटयाङग्राले टाउकै फुट्न सक्छ भनेर
धनुषबाट छुटेको शरले पेटै रोपिन सक्छ भनेर
परेवाका लागि गुँड नभएका
गुँडका लागि परेवा भएका
उड्नका लागि पखेटा भएका
पखेटाका लागि उड्न परेका
ती परेवाका जोडीहरु
फर्केर पो के? नफर्केर पो के?
मरेर पो के?नमरेर पो के?
तिनीहरुका शिकारमा कुनै जुलुुस निस्कनेछैन
तिनीहरुका विवशतामा कुनै विद्रोह हुनेछैन
तिनीहरुका मृत्युमा कुनै आवाज उठ्नेछैन
तिनीहरुका अन्त्येष्टिमा कसैले दुईथोपा आँसु झार्नेछैनन्
तिनीहरुका पुण्यस्मृतिमा कसैले श्रद्धाञ्जलि अर्पनेछैनन्
यहाँ कुनै ब्यास छैन
-तिनीहरुका महाभारत लेखिदिने
यहाँ कुनै वाल्मीकि छैन
-तिनीहरुका रामायण लेखिदिने
यहाँ कुनै होमर छैन
तिनीहरुका ओडिसी र इलिएड लेखिदिने
चुपचाप चुपचाप मृत्यु स्वीकार्छन् तिनीहरु !
अनाम अनाम शहीद बनिदिन्छन् तिनीहरु !!

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...