Rajshow Bivag

अनाम अनाम शहीद बनिदिन्छन् तिनीहरु

Departmant of helth services

सफलताका थुप्रै थुप्रै कामना बोकाएर
शान्तिका थुप्रै थुपै सन्देश लदाएर
– हरेक समारोहमा
– हरेक उत्सवमा
– हरेक मन्दिरमा
करतलध्वनिको गुञ्जाइसँगै
वैदिक ऋचाका उच्चारणसँगै
मन्दिरका पवित्र घण्टाका आवाजसँगै
अक्कासिँदै अक्कासिँदै उडेका
-बिचरा परेवाका जोडीहरुलाई
बतास्सिँदै बतास्सिँदै गएका
-विचरा परेवाका जोडीहरुलाई
के थाह ? कुनै पनि बेला
कतै खेतका
कतै पाखामा
कतै आलीमा
कतै डालीमा
बन्दुकको गोलीले छाती नै छेडिन सक्छ भनेर
गुलेलीको मटयाङग्राले टाउकै फुट्न सक्छ भनेर
धनुषबाट छुटेको शरले पेटै रोपिन सक्छ भनेर
परेवाका लागि गुँड नभएका
गुँडका लागि परेवा भएका
उड्नका लागि पखेटा भएका
पखेटाका लागि उड्न परेका
ती परेवाका जोडीहरु
फर्केर पो के? नफर्केर पो के?
मरेर पो के?नमरेर पो के?
तिनीहरुका शिकारमा कुनै जुलुुस निस्कनेछैन
तिनीहरुका विवशतामा कुनै विद्रोह हुनेछैन
तिनीहरुका मृत्युमा कुनै आवाज उठ्नेछैन
तिनीहरुका अन्त्येष्टिमा कसैले दुईथोपा आँसु झार्नेछैनन्
तिनीहरुका पुण्यस्मृतिमा कसैले श्रद्धाञ्जलि अर्पनेछैनन्
यहाँ कुनै ब्यास छैन
-तिनीहरुका महाभारत लेखिदिने
यहाँ कुनै वाल्मीकि छैन
-तिनीहरुका रामायण लेखिदिने
यहाँ कुनै होमर छैन
तिनीहरुका ओडिसी र इलिएड लेखिदिने
चुपचाप चुपचाप मृत्यु स्वीकार्छन् तिनीहरु !
अनाम अनाम शहीद बनिदिन्छन् तिनीहरु !!

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
ओएसआर डिजिटलबाट ‘जापानी टाईफन साडी सिफन’ सार्वजानिक, ६५ हजारभन्दा माथि भ्यूअर्स (भिडियो सहित)

ओएसआर डिजिटलबाट ‘जापानी टाईफन साडी सिफन’ सार्वजानिक, ६५ हजारभन्दा माथि भ्यूअर्स (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २६ बुधवार १६:५६

  काठमाडौं: गायक महेश मुखिया सुनुवार र वरिष्ठ गायिका दिपानारायण...

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८१ वैशाख २६ बुधवार १४:४८

  काठमाडौं: गायक  बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा 'खान्छ...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

वि.सं.२०८० चैत २० मंगलवार १०:४६

  काठमाडौं: काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ...

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

वि.सं.२०८० चैत ७ बुधवार ०९:३६

  काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं...