पब्लिक स्पीकर नेपाल-२ को उपाधि धरानका रमेश प्रसाईंलाई
वि.सं.२०७५ माघ १२ शनिवार ०९:०३
1.9K
shares
काठमाडाैं / धरानका रमेश प्रसाईंले पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि जितेका छन् । देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट प्रसाईंले ब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि जितेका हुन् । मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकुरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।
वि.सं.२०७५ माघ १२ शनिवार ०९:०३




















