नेपाल फाईनान्स लिमिटेडको हकप्रद शेयर दिने प्रस्ताव पारित
वि.सं.२०७७ असोज ११ आइतवार १४:४४
1.6K
shares
काठमाडौं: नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले (एक बराबर एक दशमलब सात पाँच) १:१.७५ को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५हजार ५ सय ९४ मात्र पुर्याउन १:१.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएको हो ।
संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १:१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएको जनाएको छ ।
उक्त प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको जनाएको छ ।
सो साधारणसभाले संस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो ।
नेपाल फाईनान्स लिमिटेड २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापना कालदेखि हालसम्म आफ्नै इतिहास बोकेको सस्था हो ।
वि.सं.२०७७ असोज ११ आइतवार १४:४४




















