YouTube Link

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का

World Cup 2026
Facebook Link

काठमाडौं: आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का भएको छ ।

यस कम्पनीले असोज ९ गते शालिग्राम लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्तसँग मर्जर सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो ।

यस अघि आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा एक भएका थिए । यी दुई कम्पनीले मर्जर पश्चात असार २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।

आरम्भ चौतारी लघुवित्तले आफुमा गाभ्न लागेको शालीग्राम लघुवित्त वित्तीय संस्था  १ करोड ६८ लाख १७ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनी हो । शालीग्राम लघुवित्तको केन्द्रिय कार्यालय म्याग्दीको बेनी–७ मा रहेको छ ।

त्यस्तै आरम्भ चौतारी लघुवित्तले आफुमा गाभ्न लागेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ७ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनी हो । सिवाईसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय बाग्लुङमा रहेको छ ।

शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ भने  सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको छ । सिवाईसी र शालीग्राम लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका कम्पनी हुन ।

आरम्भ चौतारी लघुवित्त दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने सिवाईसी र शालीग्राम लघुवित्तको सर्वसाधारणका लागि छुट्याईएको शेयर एफपीओ माध्यमबाट पुरा गर्ने योजना कम्पनीहरुको रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...