Rajshow Bivag

स्वाबलम्बन लघुवित्तको नाफा ४ दशमलव ६४ प्रतिशतले बृद्दी

Departmant of helth services

काठमाडौं:  स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६४ प्रतिशतले बढेको छ । कम्पनीले कात्तिक २४ गते सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा यस वर्ष रू. १२ करोड ७७ लाख ७ हजार खुद नाफा गरेको उल्लेख छ । गत वर्ष यस अवधिमा रू. १२ करोड २० लाख ४३ हजार नाफा गरेको थियो ।

 

यस वर्ष कम्पनीको सञ्चालन नाफा ४ दशमलव ६४ प्रतिशतले बढेको छ । गत वर्ष रू. १९ करोड ३७ लाख १९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड २७ लाख १० हजार यो नाफा गरेको हो । २६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू. १ अर्ब ६८ करोड ६७ लाख ८७ हजार कायम भएको छ ।

 

गत वर्षभन्दा कम्पनीले २१ प्रतिशत बढी रू. ९ अर्ब ६८ करोड ४३ लाख ९८ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा २ दशमलव ९२ प्रतिशत बढी रू. १५ अर्ब ४८ करोड ५८ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९५ प्रतिशत पुगेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ६४ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. ३१२ दशमलव ८७ रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...