YouTube Link

इन्फिनिटी लघुवित्तको नाफा ३५ प्रतिशतले बृद्दी

Facebook Link

काठमाडौं:  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. २ करोड १८ लाख ३ हजार खुद नाफा कमाएको हो । कम्पनीले कात्तिक २४ गते सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष ३५ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष कम्पनीले रू. १ करोड ६१ लाख ५ हजार खुद नाफा गरेको थियो ।

 

यो वर्ष कम्पनीको खराब कर्जा संकलन बढेसँगै नाफा बढेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४२ लाख खराब कर्जा संकलन गरेको छ । खराब कर्जा संकलन गरेपनि कम्पनीको निष्क्रिय कर्जा गत वर्षभन्दा यो वर्ष बढेको छ । गत वर्ष १ दशमलव १३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको हो ।

 

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ । कम्पनीको जगेडा कोषमा रू. १२ करोड २४ लाख ६६ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब १६ करोड ६ लाख २ हजार कर्जा सापटि लिएको छ । पहिलो त्रैमासमा रू. ७२ करोड ४५ लाख २१ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ७२ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ ।

 

गत वर्ष रू. ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३० लाख ४४ हजार यो आम्दानी गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३८ दशमलव २३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ६८ रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...