Rajshow Bivag

इन्फिनिटी लघुवित्तको नाफा ३५ प्रतिशतले बृद्दी

Departmant of helth services

काठमाडौं:  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. २ करोड १८ लाख ३ हजार खुद नाफा कमाएको हो । कम्पनीले कात्तिक २४ गते सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष ३५ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष कम्पनीले रू. १ करोड ६१ लाख ५ हजार खुद नाफा गरेको थियो ।

 

यो वर्ष कम्पनीको खराब कर्जा संकलन बढेसँगै नाफा बढेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४२ लाख खराब कर्जा संकलन गरेको छ । खराब कर्जा संकलन गरेपनि कम्पनीको निष्क्रिय कर्जा गत वर्षभन्दा यो वर्ष बढेको छ । गत वर्ष १ दशमलव १३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको हो ।

 

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ । कम्पनीको जगेडा कोषमा रू. १२ करोड २४ लाख ६६ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब १६ करोड ६ लाख २ हजार कर्जा सापटि लिएको छ । पहिलो त्रैमासमा रू. ७२ करोड ४५ लाख २१ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ७२ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ ।

 

गत वर्ष रू. ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३० लाख ४४ हजार यो आम्दानी गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३८ दशमलव २३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ६८ रहेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...