Texas College
YouTube Link

कोरोनाभाइरस ‘कोभिड-१९’ का कारण च्याम्पियन्स लिग र युरोपा लिग स्थगित

Facebook Link

एजेन्सीः युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरस ‘कोभिड-१९’ का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ ।

युइएफएले खेलाडीहरुमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि प्रतियोगिता स्थगित गर्नुपरेको उल्लेख गरेको छ । आगामी मंगलबार स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै थियो । तर, रियलका बास्केटबल खेलाडमा कोरोना पोजेटिभ भेटिएपछि रियलका सबै खेलाडी क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि खेल स्थगित हुन पुगेको थियो ।

इटाली, स्पेन, फ्रान्स लगायतका देशका राष्ट्रिय लिगहरू कम्तिमा २ हप्ताका लागि स्थगित भइसकेका छन् । युभेन्टसका पाउलो डिबाला र रुगानी, चेल्सीका कलुम हड्सन ओडोई र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना पोजेटिभ देखिएको छ । च्याम्पियन्स लिग र युरोपा लिगको केही खेलहरु क्लोज डोरमा खेलाईएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...