YouTube Link

बैंक अफ काठमाण्डू लिमिटेडको मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम प्राप्त

Facebook Link

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
तर, मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्त स्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको छ ।

बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ यस बैंक अफ काठमाण्डू लिमिटेडलाई आज मिति २०७९ भाद्र ७ गते फिर्ता आएको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रवण मास्केज्यूले जानकारी दिनुभयो ।

साथै, ग्यारेन्टी वापतको रकम भुक्तानी गर्ने गराउने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने श्री नेपाल सरकार तथा सम्बन्धित मातहतका निकायहरु, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, गणतन्त्र चीन स्थित नेपाली दुतावास, नेपाल स्थित गणतन्त्र चीनियाँ दुतावास, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी विकास समिति, यस बैंकका संचालक तथा कर्मचारीहरु, शेयरधनी महानुभावहरु लगायत सम्पूर्ण महानुभावहरुमा बैंकले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...