YouTube Link

जाने हैन त एवन पार्टी भेन्यु कोटेश्वरमा

Facebook Link

 

काठमाडौं: एवन ग्रुपले काठमाडौंको कोटेश्वरमा एक हजार क्षमताको पार्टी भेन्यु सहितको होटल सञ्चालनमा ल्याएको छ ।

 

उपत्यकामा एवन सहित विभिन्न ब्राण्डमा ४० भन्दा बढी संख्यामा रेष्टुरेन्ट, होटेल तथा पार्टी भेन्यु सञ्चालन गर्दै आएको सो ग्रुपले असार पहिलो साताबाट होटल सञ्चालन गरेको हो ।

 

हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित गर्दै करिब ११ करोडको लगानीमा रोयल संरचनामा अध्याधुनिक ब्याङ्क्वेट हल तथा होटल सञ्चालन गरिएको ग्रुपका सञ्चालक तथा व्यवस्थापक सुबास श्रेष्ठले जानकारी दिए ।

 

 

काठमाडौंको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले लामो समयको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए ।

 

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक श्रेष्ठले काठमाडौंमा नमुना होटलको रुपमा स्थानीय आवश्यकतालाई महसुस गर्दै फरक अवधारणमा  लगानी गरिएको उनले बताए ।

 

सो होटलमा पार्टी प्यालेस, कफीसप तथा बेकरी, रेष्टुरेन्ट तथा बार, जिम तथा ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ ।

 

होटेलमा तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै श्रेष्ठले एकैपटकमा एक हजार जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।

 

नेपाली, नेवारी, इण्डियन लगायतका एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको श्रेष्ठले बताए । २ हजार ५ सय देखि पाँच हजारसम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने श्रेष्ठले बताए ।

 

होटलमा हाल प्रत्यक्ष रूपमा २४ जना कर्मचारीले रोजगार पाएका छन् । ए वान ग्रुपले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...