Rajshow Bivag

राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ७ लाख बढीको कारोबार गर्नेको विवरण

Departmant of helth services

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले शंकास्पद रुपमा ठूलो रकमको कारोबार गर्नेमाथि निगरानी राख्ने भएको छ ।

 

कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।

 

यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले बुधबार पत्रमार्फत जानकारी मागिसकेको छ ।

 

नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे २७ वटै बैंकहरुलाई जानकारी दिन भनेको छ ।

 

खासगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको राष्ट्र बैंकको भनाइ छ ।

 

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ ।

 

बुधबार बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ ।’

 

तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ । त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ ।

 

ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर, प्रयोग भएको डेबिट क्रेडिट कार्ड, कारोबार भएको रकम, कारोबार भएको मिति, कारोबार गर्ने गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ ।

 

नेपाल राष्ट्र बैंकले नियमित रुपमा यस प्रकारणको अनुगमन गरे पनि ७ लाख रुपैयाँ वा सोभन्दा माथिको सबै कारोबार माग गर्नुले नेपालको बैंक तथा वित्तीय संस्थामा भएको केही ठूलो कारोबार सरकारले नै शंकास्पद रुपमा हेरेको देखिएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले समेत पछिल्लो समय डिजिटल प्रविधिमार्फत राजस्व चुहावटका घटनाहरू बढेको बताउँदै आएका छन् ।

 

मन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङ लगायतका ‘अवैध’ कार्य भइरहेका र सोमार्फत धेरै कारोबार भए पनि राजस्व आउन नसकेको उल्लेख गरेका छन् ।

 

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले समेत यस विषयमा अध्ययन तीव्र बनाएको छ ।

 

नेपाल राष्ट्र बैंकले पनि बैंकहरुसँग तथ्याङ्क माग गरेसँगै सरकारले यस विषयलाई गम्भीर रुपमा लिएको देखिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...