YouTube Link

नेपालमा पहिलो पटक धार्मिक पुजा सामग्री एकै ठाँउमा

Facebook Link

काठमाडौं:  नेपालमा पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाउने सुविधा उपलव्ध हुने भएको छ । गुरुमञ्जरी समूहले नेपालमा पहिलो पटक धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत शुक्रबारबाट सेवा सुरु गरेको छ ।

 

सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी सेवा सुरु गरेको हो । समुहले घरमा राख्ने मन्दिर, तुलसीको मोठ (महिरो), विवाह, व्रतबन्ध, क्रियाकर्म, नामाकरण (न्वारान), घरपूजा, शिलान्यास, नवग्रह, जन्मोत्सव, सत्यनारायण पूजा, श्राद्द सामग्री, सम्पूर्ण पूजाभाडा सेट, चाडपर्व विषेश सामग्रीहरु उपलव्ध गराउने जनाएको छ ।

 

त्यस्तै (दुर्गा पूजा) का लागी जमराको जौदेखि सम्पूर्ण सामग्री, हरितालिका पूजा, लक्ष्मीपूजा (सप्तरङ्गी र मखमली माला सहितको टीकादेखि लक्ष्मीपूजाको सम्पूर्ण सेट), नेवार समुदायमा प्रयोग गरिने म्हः पूजा सामग्री सेट, र अन्य धार्मिक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु पनि उपलव्ध हुनेछन् ।

 

विशेषगरी अरु समग्र सामग्रीहरुमा ब्राण्ड ईक्युटी पाइने भएपनि धार्मिक क्षेत्रमा भने कुनै ब्राण्डिङ नभएकोले यसको सुरुवात पनि आफुहरुले गर्ने प्रयास गरेको कम्पनीका कार्यकारी प्रमुख हरिहर ढुङ्गानाले बताए ।

 

विदेश वा स्वदेशमा रहने छोराछोरीहरुले आमाबुवाहरुलाई जन्मोत्सव, विवाह वर्षगाँठ (Marriage Anniversary) जस्ता अवसरहरुमा एक दिने, तिन दिने, सात दिने धार्मिक तिर्थयात्राका प्याकेजका कार्यक्रमहरु छन् ।

 

जसमा यात्राका क्रममा धार्मिक क्षेत्रका विभिन्न व्यक्तिहरुद्वारा भजन, प्रवचन, तथा सम्बन्धित तिर्थहरुको महिमाले पनि आनन्दित गराईनुको साथै यसको लागि अनलाईनबाटै टिकट बुकिङ व्यवस्था गरिएको कार्यकारी प्रमुख ढुङ्गानाले जानकारी दिए ।

 

समुहले अष्ट्रेलिया, अमेरिका लगायतका देशमा परिक्षण व्यापार सफल भएको जनाएको छ । समुहका उत्पादित सामग्रीहरु ति देशका नेपाली सुपरमार्केटहरु तथा विदेशमा नेपालीका ग्रोसरी सपहरु तथा e-commerce platform मा उपलब्ध हुने  कुरा अष्ट्रेलियाका कार्यकारी प्रमुख पंडित प्रकाश ढोडारीले जानकारी दिए ।

 

भर्खरै सेवा सुरु गरेको सो समुहले Women Empowerment भलत मा पनि टेवा पुर्याउने बताएको छ । हाल कम्पनीमा कार्यरत श्रमीक मध्ये ७० प्रतिशत महिला रहेको भन्दै आफुहरुको यस प्रयासले Woment Empowerment मा सहयोग पुग्ने मार्केटिङ विभाग प्रमुख निगुमा पुरीले बताइन् ।

 

यो पनी पढ्नुहोस् :

आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...