मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला
वि.सं.२०७८ असार १७ बिहीवार १६:२१
3.5K
shares
काठमाडौं: मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ खुला गरिएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा असार १७ गते बाट आवेदन खुला गरिएको हो ।
यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत बराबरको आईपीओ निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरिएको छ।
कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयसम्म हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
गत असार ६ गते धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको यो आईपीओका लागि मनकामना स्मार्टलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ।
यो पनी पढ्नुहोस् :
राष्ट्रिय वाणिज्य बैंक र नेपाल प्रहरीबीच बिना धितो सरल कर्जासम्बन्धी समझदारी
वि.सं.२०७८ असार १७ बिहीवार १६:२१



















