हेर्नुहोस् तपाईको आज २०७८ असार १८ गते शुक्रबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार १८ शुक्रवार ०६:१९
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन प्रतिकुल रहन सक्छ । कष्ट पाइने हुन सक्छ, प्रत्येक कार्यमा बाधा व्यवधान आउला, अनावश्यक खर्च वा धनको दुरुपयोग गराउने, अल्छी हुन मन लाग्ने, मनमा ईष्र्याको भावना आउने, सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, पितृ विकार, आँखा अनुहारमा समस्या आउला, बोलिबचन छुच्चो हुने वा अपशब्द निस्कने खालको दिन रहन सक्छ, सावधानी अपनाउनु होला, कसै कसै लाई आफन्त तथा कुटुम्बव्दारा अनादर प्राप्त हुन सक्छ, विद्यार्थीवर्गलाई पढाइ लेखाइमा बाधा हुनेछ । लगानी लाई दिन राम्रो छैन ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन अनुकुल रहन सक्छ, लाभहरु मिल्ने सम्भावना देखिएको छ, आयस्रोत सम्बन्धि सुखद परिस्थितीको निर्माण हुनेछ, स्थाइ बस्तुहरुको प्राप्ति, मानसम्मानमा बृद्धि, गरेका कार्यमा सफलता, मित्रहरु अथवा नजीकका व्यक्तिहरुसँग समय बित्ने, वा उनीहरुले सहयोग गर्ने, प्रेम मिलनको लागि दिन राम्रो रहने छ, वैवाहिक सुख राम्रो हुनुको साथै स्त्रिवर्गबाट साथ सहयोग र सुख पाइने योग छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन लाभदायक रहनेछ, कर्म गरे अनुसार फल पाइनेछ, चिताएको कुरा प्राप्त हुन सक्छ, शत्रुहरु किनारा लाग्नेछन् । कर्म क्षेत्रमा विभिन्न अवसरहरुले तँपाइलाई पछ्याउने सम्भावना बनेको छ । आफनै मेहनतले नाम दाम वा इनाम प्राप्त गर्ने सम्भावना पनि बनेको छ कसैसँग आत्मिय भलाकुसारी हुने अथवा मित्रताको भावना पलाउन सक्नेछ, अरुको अन्डरमा बसेर काम गर्नुपर्ने अवस्था आएपनि आज विशिष्ट व्यक्तिहरुसँग हिमचिम बढन सक्ने योग भएकोले कार्यक्षेत्रमा लाभ मिल्नेछ । स्वास्थयको ख्याल राख्नु पर्नेछ तथा विश्वास गरेको मान्छेबाट चाँही सतर्क रहनु होला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ग्रहले साथ नदिन सक्छ, शारीरिक दुख कष्ट पर्ने, स्वास्थ्य समस्या आइ रोग व्याधिले आक्रान्त पार्ने, विरक्त लाग्ने खालको वातावरण बन्न सक्छ, धर्म हानी वा धर्म कर्मबाट विमुख हुन मन लाग्ने, अनावश्यक धन हानी, शत्रुबाट अशान्ति प्राप्त हुने, आफूले मान्नु पर्ने मान्छेहरुले तँपाइलाइ नबुझिदिन सक्छन्, सन्तानलाइ कष्ट पर्ने, अथवा भाइ वा कम उमेरको मान्छेहरुसँग मतभेद हुनसक्छ, घाउचोटपटक चोट लाग्न सक्ने सम्भावना भएकोले सावधान रहनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल छैन, प्रतिकुल घटनाहरु घटन सक्छन्, मन कमजोर हुन सक्ने, र निरर्थक भयले सताउने, शारिरिक कष्ट र मानिसिक चिन्ता बढन सक्छ, कलह वा वादविवादको सम्भावना पनि छ, अनावश्यक धन खर्च, घाउ चोटपटक वा दुर्घटनाको योग रहेकोले सावधानी अपनाउनुहोला, खराब संगत वा खराब व्यक्तिहरुको कारणले समस्यामा पर्न सकिने छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन शुभ रहने छ । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । साथीभाइ तथा नजीककाहरुको सहकार्य जुटाउन सफल भइएला । दैनिक कार्यमा उत्साह र जाँगर बढने छ । मेहनत र लगनशीलताले उपलब्धी र लाभ दिलाउने छ । भौतिक साधन जुटने वा प्रयोग गरिने सम्भावना छ । जीवन शैलीमा अथवा साझेदारी कार्यमा केही नयाँ फरक सोच आउने वा परिवर्तन गर्न मन लाग्न सक्छ । मित्रताका नयाँ आयाम थपिने वा अझ प्रगाढ हुने अवस्था छ । आफनो योग्यता र क्षमतालाइ अरुले कदर गर्न सक्ने भएकोले आफनो सीप र प्रतिभालाई प्रदर्शन गर्ने मौका नचुकाउनु होला व्यापार व्यवसायमा लाभको स्थिति बन्नेछ, कसै कसैलाई पूजा पाठ, धर्मकर्म अथवा अध्यात्ममा रुचि जाग्न पनि सक्छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन सुखमय हुनेछ । आँटेको चिताएको काम बन्ने, कामको चाप लगायत अन्य विविध समस्याहरुबाट मुक्त भइने, शत्रुहरु किनारा लाग्नेछन् , स्वास्थ्य उत्तम रहने, धन लाभ हुन सक्ने, आफूले चाहेको खोजेको मान्छेसँग भेटघाट वा भलाकुसारी हुनसक्छ, पारिवारिक तथा दाम्पत्य सुख उत्तम रहने, कार्य स्थलमा प्रशंसा प्राप्त हुने योग बनेको छ , व्यापार व्यवसायीहरुलाइ लाभ हुने दिन छ, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई दिन उपलब्धिमूलक रहन सक्ला । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ । लगानीको लागि दिन राम्रो छ ।
दिन प्रतिकुल हुन सक्छ, आर्थिक अभाव अत्यधिक खर्चले चिन्ता थपिदिन सक्छ, आम्दानी ठप्प हुने, शोक पर्न सक्ने, दुख कष्ट पाइने, कार्यमा विध्न बाधाहरु आउने । शत्रुले दुख दिन सक्ने, सोचेको आँटेको काम पुरा नहुने अथवा बिना कारण अलमलिनु पर्न सक्छ, मानसिक खिन्नताले दिन अमिलो हुन सक्छ, स्वास्थ्यसम्बन्धि समस्यालाई बेवास्ता गर्नाले गाह्रो पार्न सक्छ, सन्तानलाई कष्ट पीडा होला, कसै कसैलाइ आज पारिवारिक असमझदारी बढने अथवा सामाजिक छवि बिग्रन सक्ने भएकोले सावधान रहनु पर्नेछ, विद्यार्थीहरुको एकाग्रतामा कमी आउने र पढाइ लेखाइ बिग्रन सकने योग छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नै कारणले समस्या सिर्जना हुन सक्ने भएकोले सावधान रहनु होला । आज दिन अनुकुल बनाउन निकै प्रयास गर्नुपर्नेछ, मानसिक तनाव बढन सक्ने, धनको खती, कार्यमा असफलता, कुनै कुराले मनमा डर लागिरहने र सबैलाई अविश्वास गर्न मन लाग्ने अवस्था बन्ला । बन्धुबान्धवहरुलाई पीडा अथवा कुटुम्ब सँगको मनमुटावले तनाव बढन सक्छ, स्वास्थ्य तथा रोजगारी को क्षेत्रमा समस्या देखापर्न सक्ला, व्यवसायमा बिध्न बाधाको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन अनुकुल रहने छ । शारिरिक आरोग्यता, धन, द्रव्य तथा वस्त्र लाभको सम्भावना, आँटेको काममा विजय प्राप्ति, गरेका कार्यले सफल भइ सुख र आनन्द दिलाउला, मिठो खानपान, भोग विलास तथा महिला वर्गको साथ र सहयोग मिल्ने योग छ, अरुबाट प्रशंसा पाइने, मित्र तथा शुभचिन्तकहरुबाट पाइने सुख र सहयोगले मन प्रसन्न हुनेछ, दाम्पत्य जीवन तथा व्यापार व्यवसायको लागि दिन शुभ रहने छ, कसैकसैलाई छोटो दुरीको यात्रा गर्नुपर्ने अथवा कामका सिलसिलामा भ्रमण गर्नु पर्ने अवस्था पनि आउन सक्छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ, लगानी लाई पनि दिन ठिक छ ।
ज्यादा परिश्रम गर्नुपर्ने खालको दिन हुन सक्छ, खर्चहरु बढने, धन हानी अथवा धन संचयमा बाधा आउने, व्यर्थको विवाद तथा धन हानीले मानसिक असन्तोष बढन सक्ला, कर्म क्षेत्रमा अनेक विध्न बाधाहरुले सताउन सक्छ, अथवा झंझट बेहोर्नु पर्ने हुन सकछ । पारिवारिक व्दन्द वा कष्ट, मानहानी, अपयश अथवा व्यर्थको विवादमा आज फस्न सकिने सम्भावना रहेकोले सचेत रहनु होला । व्यापारी तथा व्यवसायी वर्गहरुलाई आज दिन कम लाभदायक रहन सक्छ । लगानीलाई आज अनुकुल छैन ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सकारात्मक तथा उत्साहमूलक हुनेछ । आर्थिक लाभ, स्वास्थ्य लाभ, मिष्ठान भोजन, धन लाभ तथा कार्यहरु सफल हुने, मिठो निद्रा वा शयन सुख मिल्ने, आफूले पाउनु पर्ने पद, अधिकार वा स्थानको प्राप्ति, लुगा कपडा सुगन्धित पदार्थ वा अन्य भौतिक सामानहरु खरीद गरिने वा प्राप्त हुने योग छ, सन्तान, पत्नि अथवा मित्रहरुसँग सौहार्द वार्तालाप हुने अथवा रमाइलो जमघट हुने सम्भावना छ, व्यवसायमा फाइदा हुने तथा विद्यार्थीवर्गलाई पनि समय राम्रो छ, कसै कसैलाई भाग्योदयकारी घटना पनि घटन सक्छ ।