YouTube Link

एन आई सी एशिया बैंकले प्रिपेड डलर कार्ड सुविधा ल्यायो

Facebook Link

काठमाडौं:  एन आई सी एशिया बैंकले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड सुविधा ल्याएको छ ।

 

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ् एपमा रहेको आई सर्भिस  प्लेटफर्म मार्फत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

 

भिस्सा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहक हरूले वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने छन् ।

 

बैंकका ग्राहकहरुले बैंकको सेल्फ हेल्प बैंकिङ प्याट्फम आइसरभर  भित्र कार्ड सर्भिसमा क्लिक गरी डलर कार्ड रिक्युस्टमा गइ आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

 

उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ओटिपी प्राप्त हुने र उक्त ओटिपी राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्ने छन्  । तत्पश्चात् ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

 

यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन्  ।

 

प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहकले बैंकको वेबसाइट अथवा सामाजिक संजालमा राखिएको शाखा खुल्ने सम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफुले रोजेको शाखा खुल्ने दिन मात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यलयबाट उक्त कार्ड लिन बैंकले अनुरोध गरेको छ । ग्राहकहरुलाई यस कार्ड बनाउनका बैंकले रू. ३५० शुल्क कायम गरेको छ ।

 

यो पनि पढ्नुहोस् :

प्राइम बैंकले वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...