प्राइम बैंकले वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
वि.सं.२०७८ जेठ १३ बिहीवार १५:३२
1.5K
shares
काठमाडौं : प्राइम बैंकले वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ । बैंकले कोभिड १९ महामारी विरुद्ध लड्न अस्पताललाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।
बैंकले अस्पताललाई पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको छ ।
बैंकका संचालक मनोज पौडेलले वीर अस्पताल (कोभिड युनीफाइड केन्द्रिय अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
यसका साथै प्राइम बैंकले सुदुरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बैंकले कोभिड १९ विरुद्धको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।
यो पनि पढ्नुहोस् :
आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटको सुनुवाइ हुँदै
वि.सं.२०७८ जेठ १३ बिहीवार १५:३२




















