Rajshow Bivag

सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १७ प्रतिशत कम

Departmant of helth services

काठमाडौं:  सामुदायिक लघुवित्त वित्तीय संस्थाको  यस वर्ष खुद नाफा १७ प्रतिशत कम भएको छ । कम्पनीले यस वर्ष रू. १ करोड ७१ लाख १० हजार मात्र यो नाफा गरेको हो ।

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्ष रू. २ करोड ६ लाख ५९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ७१ लाख १० हजार मात्र यो नाफा गरेको हो ।

 

यस वर्ष कम्पनीको सञ्चालन नाफा ४० प्रतिशत कम हुदाँ खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड १६ लाख ७३ हजार सञ्चालन नाफा गरेको कम्पनीको यो नाफा यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छ्ट्याएकाले रू. १ करोड ८९ लाख ७३ हजार सञ्चालन नाफा भएको हो ।

 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको गत वर्षभन्दा यस वर्ष सम्भावित जोखिम शिर्षकमा ३१६ प्रतिशत बढी रू. २ करोड ९४ लाख ५५ हजार रकम छुट्याईएको छ । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष रू. ७९ लाख १३ हजार रहेको छ ।

 

३२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १३ करोड २० लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २८ दशमलव ६५ प्रतिशत कम रू. ६ करोड ६५ लाख ५ हजार कायम भएको छ । यस वर्ष २० प्रतिशत बढी रू. ४९ करोड १६ लाख १६ हजार निक्षेप संकलन गरेको कम्पनीले १९ प्रतिशत बढी रू. १ अर्ब २९ करोड ८७ लाख ३७ हजार कर्जा प्रवाह गरेको छ ।

 

बैंकले गत वर्षभन्दा ११ प्रतिशत बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ६९ करोड २८ लाख ७७ हजार बराबरको कर्जा सापटी लिएको छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा २ दशमलव शून्य ५ रहेकोमा यस वर्ष ६ दशमलव शून्य ८ पुगेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १७ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ३८ रहेको छ ।

 

यो पनि पढ्नुहोस् :

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

वि.सं.२०८० माघ २३ मंगलवार १४:४२

  काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको...

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

वि.सं.२०८० माघ ११ बिहीवार १६:२५

  काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा...