YouTube Link

महिला लघुवित्त वित्तीय संस्थाले ६ करोड बढी खुद नाफा गर्यो

Facebook Link

काठमाडौं:  महिला लघुवित्त वित्तीय संस्थाले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२ दशमलव ६६ प्रतिशत बढी खुद नाफा गरेको हो । कम्पनीले गत वर्ष यस अवधिसम्म रू. ३ करोड २ लाख २५ हजार यो नाफा गरेको थियो ।

 

यस वर्ष सञ्चालन नाफा भने करिब १५० प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको महिला लघुवित्त वित्तीय संस्थाले यस वर्ष रू. ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो । गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर रू. ३ हजार १२५ पुगेको छ ।

 

हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रू. १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी रू. १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १४७ प्रतिशत बढी रू. २ अर्ब १९ करोड ८५ लाख ५१ हजार कर्जा सापटी लिएको छ । गत वर्षभनदा ३२ दशमलव ४९ प्रतिशत बढी रू. ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८ दशमलव ७८ प्रतिशत बढी रू. ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।

 

गत वर्ष यस अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव २५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८५ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. २९१ दशमलव ८४ रहेको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...