YouTube Link

कुमारी बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गर्यो

Facebook Link

काठमाडौं:  कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ ।

 

कुमारी बैंकले गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्षको सोही अवधिसम्म १ अर्ब ८० करोड ८४ लाख ८३ हजार रुपैयाँ यो खुद नाफा गरेको हो ।

 

यस वर्ष बैंकको सञ्चालन नाफा ७४ दशमलव ४१ प्रतिशत बढी भएको छ । गत वर्ष  १ अर्ब ४८ करोड ८९ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १२ अर्ब ५९ करोड ६७ लाख ७६ हजार रुपैयाँ यो नाफा गरेको हो ।

 

बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकले रेगुलेटरी रिजर्भमा ९ करोड १४ लाख ३८ हजार रुपैयाँ छुट्याएको छ । यस वर्ष १० दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको बैंकको जगेडा कोष रकम ४८ दशमलव ६५ प्रतिशत बढी ३ अर्ब ८० करोड ४० लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

 

गत वर्षभन्दा यस वर्ष ९ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले १६ दशमलव ५५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । यो वर्ष बैंकले १ खर्ब २७ अर्ब ६९ करोड ६५ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको हो भने १ खर्ब २९ अर्ब ४ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

 

गत वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव शून्य ९ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५ दशमलव ४९ रुपैयाँ रहेको छ । बैंकले २० दशमलव १५ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...