YouTube Link

नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

Facebook Link

काठमाडौं:  नेपाल बैंक लिमिटेडले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको ऋणपत्र विक्री गर्न लागेको हो ।

 

नेपाल बैंक लिमिटेडले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

 

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो ।

 

सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमाअवधि जेठ ५ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ ।

 

यो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

 

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ ।

 

यो पनि पढ्नुहोस् :

कुमारी बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गर्यो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...