YouTube Link

प्रभु क्यापिटल लिमिटेडले कम्प्युटर सीपीयू सहयोग वितरण

Facebook Link

काठमाडौं:  प्रभु क्यापिटल लिमिटेडले २ वटा कम्प्युटर सेट र १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ । पोखरास्थित चण्डिका आधारभूत विद्यालय र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई सहयोग वितरण गरेको हो ।

 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ।

 

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य लिई पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउन्डेसनलाई सहयोग वितरण गरेको जनाएको छ ।

 

कार्यक्रमका अतिथि प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताए।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताए।

 

प्रभु क्यापिटल ले वितरण गरेको १० वटा सीपीयूलाई कर्म फ्लाइट्स फाउन्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बागलुङ र ५ वटा गोरखाका विद्यालयमा वितरण गर्ने जानकारी कार्यक्रममा कर्म फ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए।

 

क्यापिटलले सेयर सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै गत चैत २७ गते काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेटमा बीबीए र बीएसडब्ल्यू तहमा अध्ययनरत विद्यार्थीलाई आधारभूत सेयर तालिम प्रदान गरेको छ। कलेजले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा ८५ जना विद्यार्थीहरुको सहभागिता थियो।

 

सोही दिन क्यापिटलले ग्वार्कोस्थित क्वेष्ट इन्टरनेसनल कलेजमा बीबीएमा अध्ययनरत विद्यार्थीका लागि १ दिने सेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बीबीएमा अध्ययनरत करिब ८३ जना विद्यार्थीको सहभागिता थियो।

 

यो पनि पढ्नुहोस् :

सिटिजन्स बैंक र किङ्गस् लाउञ्जबीच समझदारी

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...