YouTube Link

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता

Facebook Link

काठमाण्डौ:  नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता भएको छ । कृषि प्राविधिकहरुलाई बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको हो ।

 

बैंकको एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभकी अध्यक्ष सुनिता न्हेम्हाफुले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 

नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने बस्नेतले बताउनु भयो ।

 

कृषि प्राविधिकहरुका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जालगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन उत्साहित रहेको बैंकले जनाएको छ ।

 

यो साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासका साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुआत गरेको बस्नेतले बताए।

 

नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो। तसर्थ, कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर एन्ड डी इनोभेटिभले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको न्हेम्हाफूकीले बताउनु भयो ।

 

यसका लागि आर एन्ड डी इनोभेटिभले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरी उद्यमशिलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ। सिफारिस भएका प्राविधिकहरुको व्यावसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ।

 

यस कार्यक्रमअन्तर्गत जेटीए, जेटी, आईएस्सीएजी र बीएस्सीएजी अध्ययन गरेकाले भाग लिन सक्नेछन्। यस कार्यक्रमअन्तर्गत आगामी एक वर्षभित्रमा कम्तीमा १०० जना कृषि प्राविधिकलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ।

 

नबिल बैंकले आफ्ना देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ।

 

यो पनि पढ्नुहोस्:

काठमाडौं महानगरपालिकाको फोहोर बिसर्जनको अवरोध हट्यो

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...