YouTube Link

काठमाडौं महानगरपालिकाको फोहोर बिसर्जनको अवरोध हट्यो

Facebook Link

काठमाडौं:  काठमाडौं महानगरपालिकाको फोहोर बिसर्जनको अवरोध हट्ने भएको छ। काठमाडौं महानगरपालिका र सिसडोल ल्याण्डफिल साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच आज छलफल भएको हो ।

 

सिसडोल ल्याण्डफिल साइटका फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए।

 

सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर बिसर्जनमा अवरोध पुर्‍याएसँगै काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन । बिहीबारदेखि बसेको बैठकले फोहोर व्यवस्थापन गर्ने विषयमा समाधान निकालेको हो ।

 

आज महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर बिसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन्।

 

प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले केही
प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए ।

 

स्वास्थ्य सम्बन्धी केही बुँदामा अझै छलफल गरीने र प्रभावित क्षेत्रमै अस्पताल बनाउने वा वडाको सिफारिसमा काठमाडौंको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरे।

 

धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानीय स्तरका समस्या संस्थागत रुपमा आउनुपर्नेमा जोड दिँदै त्यसो भयो भने मात्रै संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताए।

 

काठमाडौं महानगरपालिकाले तत्कालका लागि प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर बिसर्जनको अवरोध हटेको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए।

 

प्रमुख शाक्यले छलफलका क्रममा प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए।

 

प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

यो पनि पढ्नुहोस् :

प्रधानमन्त्री निवास बालुवटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...