नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:३४
1.3K
shares
काठमाण्डौं: नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाण्डौबीच सम्झौता भएको छ । औषधि व्यवसायीलाई बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको हो ।
बैंकको एसएमई तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र र संघका अध्यक्ष बद्रीप्रसाद क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता संघ काठमाण्डौ जिल्ला शाखाको आयोजनामा काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाभरको औषधिको थोक व्यवसायीको बृहत भेला कार्यक्रममा भएको हो। कार्यक्रममा संघका प्रमुख भरत भट्टराईको पनि उपस्थिति थियो।
नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तीय पहुँचमा वृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ सुविधा र सेवाहरु उपलब्ध गराउन सधैँ अग्रसर रहेको र औषधि व्यवसायीहरु र बैंकको दिगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंकमध्ये एक रहेको बस्नेतले बताउनु भयो ।
यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु्र्याउनुका साथै, नबिल बैंकले आपतकालीन सेवाहरुमा संलग्न औषधि व्यवसायीसँग आबद्घ हुन पाएकोमा गौरवान्वित महसुस गरेको बस्नेतले बताउनु भयो ।
बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समूह र मजबुत तथा सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।
यो पनि पढ्नुहोस् :
बैंक तथा वित्तीय संस्थाले २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:३४



















