मुक्तिनाथ विकास बैंकको होली सप्ताह अफर
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:५३
1.6K
shares
काठमाडौं: मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णिमाका अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । चैत ६ गतेदेखि चैत १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ।
यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम या आवेदन पनि यही अफर समयावधिभित्र दिनुपर्नेछ। साथै, ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निःशुल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफरसँगै ग्र्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन्। बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याइएको बैंकले जनाएको छ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।
मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।
यो पनि पढ्नुहोस् :
नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:५३



















