बैंक तथा वित्तीय संस्थाले २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:०७
1.7K
shares
काठमाडौं: नेपाल बैंकको अगुवाईमा ठूलो खोला जलविद्युत आयोजनाको लागी विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले २१.३ मेगावाटको आयोजनाको लागी लगानी गर्ने भएको हो ।
नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको ३ अर्ब ६० करोड रुपैयाँ लागत हुने २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागी विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।
प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रालिले विकाश गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।
सिन्डिकेटेड क्रेडिट फ्यासिलिटीज एग्रीमेन्ट (एससीएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जाका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहकाबीच एक आपसमा हस्तान्तरण गर्नु भएको छ ।
उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकद्वारा ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँको वित्तीय प्रबन्ध गरिएको हो ।
यो पनि पढ्नुहोस् :
नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेखमा स्थापना
वि.सं.२०७७ चैत ६ शुक्रवार १७:०७



















