YouTube Link

नेशनल लाईफ ईन्स्योरेन्सको शाखा कोहलपुरमा

Khanepani Dhal
Facebook Link

कोहलपुर: नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखा सञ्चालनमा आएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १००औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका छन् । सो अवसरमा कम्पनीको नयाँ बिमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी/आजीवन बिमालेखको पनि शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बिमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बिमाको पहुँच बढेर १८ प्रतिशत जनताले बिमा गरेको जानकारी गराए । उनले अब बिमा गाउँ केन्द्रित हुन आवश्यक रहेको पनि उल्लेख गरे । विगतमा बिमा भुक्तानीमा केहि समस्या आईरहेको भए पनि अब बिमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको अध्यक्षले स्पष्ट पारे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बिमा बजारलाई आधुनिकिकरण गर्न र बिमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताए । उनले श्री बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीमा २ अरब रुपैयाँ चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्ता पूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बिमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बिमा गर्न आवश्यक रहेको बताए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि, अन्य के-के मा भयो वृद्धि

मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि, अन्य के-के मा भयो वृद्धि

वि.सं.२०८२ जेठ १६ शुक्रवार ११:३५

काठमाडौं: सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औं संस्करण शुरु

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औं संस्करण शुरु

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:२८

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो १९औं संस्करण...

ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:५६

काडमाडौं: ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित...

विभिन्न कार्यक्रम गरि मनायो नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औँ वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरि मनायो नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औँ वार्षिकोत्सव

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:२१

काठमाडौं: जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ...

नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि चलायो कारबाही

नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि चलायो कारबाही

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३३

काठमाडौं: नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि कारबाही चलाएको...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...