YouTube Link

हावाहुरी आउनेतर्फ सचेत रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध, हेलिकप्टर उडान नगर्न गृहको आग्रह

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवातले प्रहार गरेको छ । हाल त्यहाँ १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा चलिरहेको बताइएको छ । फानीले विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गरिएको छ ।

हाल भारतका धेरै स्थानमा वर्षा हुनुका साथै हावाहुरी चलिरहेको र मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ । ओडिशाबाट बंगाल हुँदै बंगलादेशमा फानीले प्रभाव पार्ने भारतीय अधिकारीहरुले बताएका छन् । ओडिशामा मात्रै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । फानी प्रवेश गर्ने मार्गहरुमा समेत मानिसहरुलाई सुरक्षित स्थान तर्फ लैजाने प्रयास भइरहेको छ ।

भारतीय जलसेनाका तीन जहाजहरुलाई राहतकार्यका लागि तयारी अवस्थामा राखिएको छ । ३४ समूह बनाई राहत तथा उद्धार कार्यमा सेनालाई खटाउने अधिकारीले बताएका छन् । समुन्द्री तटसँग जोडिएको जिल्लाहरुमा सडक, रेल र हवाइमार्ग बन्द गरिएको छ । फानीले नेपालमा समेत प्रभाव पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्याह्नपछि नेपालको पूर्वी र मध्य भागमा फानीका कारण मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । साथै हावाहुरी र चट्याङको अनुमान पनि महाशाखाको छ ।

चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन सहित चट्टयांग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाको अनुमान छ ।

यसैबीच गृह मन्त्रालयले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शुक्रबार मध्याह्नदेखि शनिबार दिनभरसम्म हेलिकप्टर उडान नगर्न/नगराउन समेत आग्रह गरेको छ । पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...