YouTube Link

हावाहुरी आउनेतर्फ सचेत रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध, हेलिकप्टर उडान नगर्न गृहको आग्रह

Facebook Link

काठमाडौं: भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवातले प्रहार गरेको छ । हाल त्यहाँ १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा चलिरहेको बताइएको छ । फानीले विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गरिएको छ ।

हाल भारतका धेरै स्थानमा वर्षा हुनुका साथै हावाहुरी चलिरहेको र मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ । ओडिशाबाट बंगाल हुँदै बंगलादेशमा फानीले प्रभाव पार्ने भारतीय अधिकारीहरुले बताएका छन् । ओडिशामा मात्रै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । फानी प्रवेश गर्ने मार्गहरुमा समेत मानिसहरुलाई सुरक्षित स्थान तर्फ लैजाने प्रयास भइरहेको छ ।

भारतीय जलसेनाका तीन जहाजहरुलाई राहतकार्यका लागि तयारी अवस्थामा राखिएको छ । ३४ समूह बनाई राहत तथा उद्धार कार्यमा सेनालाई खटाउने अधिकारीले बताएका छन् । समुन्द्री तटसँग जोडिएको जिल्लाहरुमा सडक, रेल र हवाइमार्ग बन्द गरिएको छ । फानीले नेपालमा समेत प्रभाव पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्याह्नपछि नेपालको पूर्वी र मध्य भागमा फानीका कारण मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । साथै हावाहुरी र चट्याङको अनुमान पनि महाशाखाको छ ।

चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन सहित चट्टयांग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाको अनुमान छ ।

यसैबीच गृह मन्त्रालयले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शुक्रबार मध्याह्नदेखि शनिबार दिनभरसम्म हेलिकप्टर उडान नगर्न/नगराउन समेत आग्रह गरेको छ । पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...