धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई कारोबार अनुमति
वि.सं.२०७७ माघ १० शनिवार १६:३८
1.6K
shares
काठमाडौं: नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई कारोबार अनुमति दिएको छ । शुक्रबार बोर्डले एक विज्ञेप्ती जारी गर्दै नागरिक स्टक डिलरलाई कारोबार अनुमति दिएको जनाएको हो ।
बोर्डले जारी गरेको विज्ञेप्ती अनुसार नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्थालाई समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।
सरकार पनि बजेटमा पूँजीबजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।पूँजीबजारमा संस्थागत लगानीकर्ता बढाउन, संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता ल्याउन नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी स्थापना भएको हो ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नेपाल बङ्गलादेश बैंकले सिरुटारमा नयाँ शाखा कार्यालय संचालन
वि.सं.२०७७ माघ १० शनिवार १६:३८




















