मलेसियामा मृत्यु भएका १८ नेपालीको शव काठमाडौं ल्याईयो
वि.सं.२०७७ माघ १० शनिवार १७:०१
1.6K
shares
काठमाडौं: नेपाल वायुसेवा निगमले मलेसियामा मृत्यु भएका १८ नेपालीको शव काठमाडौं ल्याएको छ ।
नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीको शव ल्याएको हो ।
निगमले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अफगानिस्तानबाट नेपालीको शव ल्याएको थियो ।
सुन्दर भविष्यको कल्पना गर्दै विदेशी भूमिमा पसिना बगाउन पुगेका परिवारका सदस्यहरु बाकसमा फिर्ता हुँदा उनीहरुले आफूलाई सम्हाल्न सकेका थिएनन् ।
परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन निगमको जहाज मलेसिया गएको हो । मलेसियामा हाल तीन दर्जनभन्दा बढी शव रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
वि.सं.२०७७ माघ १० शनिवार १७:०१



















