ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश
वि.सं.२०७७ पुस १९ आइतवार १३:११
2.5K
shares
काठमाडौं: ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ ।
बैंक पुँजी, व्यवसाय, शाखा सञ्जल समेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ ।
बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनसपश्चाैत करिब २१ अर्बभन्दा बढी) र सञ्चि्त कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।
७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, १ सीडीएस क्लियरिङ काउन्टरसहित २३ राजस्व कलेक्सन काउन्टर, तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७ सय ९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको भन्दै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिका आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
वि.सं.२०७७ पुस १९ आइतवार १३:११




















