हिमालयन बैंकले आँखा अस्पताललाई मेसिन सहयोग
वि.सं.२०७७ पुस ९ बिहीवार १३:५९
1.6K
shares
काठमाडौं: हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।
बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरेका हुन् ।
अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् :
मैत्रीय सहकारीको १३औं साधारणसभा सम्पन्न
वि.सं.२०७७ पुस ९ बिहीवार १३:५९


















