YouTube Link

डिस मिडिया अवार्डको मुख्य सहप्रायोजक

Facebook Link

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सहप्रायोजकको रूपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।

 

मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै मुख्य सहप्रायोजकको रूपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सहप्रायोजन गर्नेछ । सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउनेछ ।

 

जिन्सीअनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्जसहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज हित र १३ थाप सेट–अप बक्स दुई वर्षको रिचार्जसहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ । यस्तै, अवार्ड विजेता खेलाडीले फाइवर नेट लिन चाहे पनि सकिने डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

 

सम्झौतापछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद व्यक्त गरे ।डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफू जोडिन पाउँदा खुसी लागेको बताए ।

 

खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हँुदै छ । अवार्डअन्तर्गत गत साता मात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो । सो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

 

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%8f%e0%a4%ab%e0%a4%8f%e0%a4%b2-%e0%a4%95%e0%a4%aa-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...