Texas College
YouTube Link

सिटिजन्स बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने

Facebook Link

काठमाडौं:  सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको कार्तिक ३ गते सोमबार बसेको ३४५ औं सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।

बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रकृया अघि बढाएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००:९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो ।

बैंकले हाल १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...