YouTube Link

फष्र्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

World Cup 2026
Facebook Link

काठमाडौं:  फष्र्ट माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबैभन्दा पहिला सार्वजनिक गरको छ । सोमवार सार्वजनिक भएको वित्तीय विवरण अुनसार पहिलो त्रैमाससम्म कम्पनीले रू. २ करोड ९७ लाख १६ हजार खुद नाफा गरेको छ ।

यो नाफा गत आवको यसै अवधिसम्म रू. २ करोड ६८ लाख ३८ हजार रहेको थियो । गत वर्ष भन्दा यस वर्ष पहिलो त्रैमासमा कम्पनीको नाफा १० दशमलव ७२ प्रतिशत बढी भएको हो । यस वर्ष ११ दशमलव ३६ प्रतिशत बढी रू. ४ करोड ७१ लाख ६८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ३२० प्रतिशत बढी रू. ४९ लाख ४० हजार रकम छुट्याएको छ ।

सम्भावित जोखिम शिर्षकमा यो वर्ष बढी रकम छुट्याएकाले नाफामा बृद्धि कम भएको हो । कम्पनीले ९ दशमलव ५० प्रतिशत बोनसपछि चुक्तापूँजी रू. ८७ करोड ६८ लाख ११ हजार पुर्याएको छ ।

जगेडा कोष रकम पनि गत वर्षभन्दा २३ प्रतिशत बढी रू. १६ करोड ६० लाख ७३ हजार कायम गरेको छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशत बढी रू. ५ अर्ब ९४ करोड ८१ लाख ९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थासँगै कर्जा सापटी लिएर ७ दशमलव २५ प्रतिशत बढी रू. ६ अर्ब ३ करोड १७ लाख ६८ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ भने प्रतिशेयर आम्दानी १३ रूपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रूपैयाँ ९४ पैसा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...