नेपाल बैंक लिमिटेडले विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने
वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:१३
काठमाडौं: नेपाल बैंक लिमिटेडले आफनो ८४ औ बार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ ।
बैंकले बार्षिकोत्वको अवसरमा कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाईल बैंकिङ्, इन्टरनेट बैंकिङ्, डिम्याट खाता, मेरो शेयर, सि–आस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।
बैंकले ८४ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने जनाएको छ ।
वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:१३