युनियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी
वि.सं.२०७७ कात्तिक ३ सोमवार १४:३१
1.9K
shares
काठमाडौं: युनियन लाइफ इन्स्योरेन्सको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई १४ लाख वरावरको दाबी रकम हस्तान्तरण गरेको हो ।
राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ , कम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य र ब्यास १ का वडा अध्यक्ष खरसिङ् दरैले संयुक्त रुपमा मृतकको घरमै गई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
विमित कृष्ण पन्थको गत वैशाखमा वैदेशीक रोजगारका क्रममा कतारमा निधन भएको थियो । बिमित पन्थको मृत्यु दावी भुक्तानी अन्तर्गत शव ल्याउदा एक लाख , क्रिया खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक ३ सोमवार १४:३१



















