YouTube Link

माछापुच्छ्रे बैंकले अन्तरिम लाभांश दिने

Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंकले कात्तिक ६ गतेको लागि तय गरेको २२ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकले आगामी साधारण सभामा अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने भएको छ ।

बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं दशै तिहारलाई मध्यनजर गरी २ दशमलव ८५ प्रतिशतका दरले रू. २४ करोड १० लाख ८० हजार ६६० दशमलव २५ अन्तरिम लाभांश दिने भएको हो ।

बैंकले कोरोना संक्रमण बृद्धि भैरहेको र दशैं नजिक भएकाले सदस्यहरु सहभागी हुन समस्या हुने भन्दै सभा स्थगित गरेको हो । सभाले बैंकको सञ्चालक समितिले असोज १ गते प्रस्ताव ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम थियो ।

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको थियो ।

साथै , सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन समेत सभा गर्ने कार्यक्रम थियो । उल्लेखित सबै प्रस्तावहरु यथावत रहने गरी बैंकले अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...