सिटिजन्स बैंकले मोबाइलबाट पिन रिसेट गर्ने सुबिधाको सुरुवात
वि.सं.२०७७ असोज २८ बुधवार १८:२७
1.7K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब आफ्नो मोबाइलबाट नै मोबाइल बैंकिङ् पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकका ग्राहक मोबाइल बैंकिङ्को पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन् ।
बैंकले यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यसबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार १८:२७



















