सानिमा बैंकको बिग डिल एट सस्तो डिल योजना सार्वजनिक
वि.सं.२०७७ असोज २६ सोमवार १४:१०
1.7K
shares
काठमाडौं: सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा विभिन्न छुट रहेको “बिग डिल एट सस्तो डिल” नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
बैंकले अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा ल्याएको यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई-बैंकिङ् प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कार्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
वि.सं.२०७७ असोज २६ सोमवार १४:१०




















