माछापुच्छ्रे बैंकमा भारतबाट निशुल्क पैसा पठाउन सकिने
वि.सं.२०७७ असोज १४ बुधवार १५:५२
1.7K
shares
काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।
चाडबाडको अवसरमा भारतमा रहेका नेपालीहरुले जुनसुकै स्थानबाट त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि मिति २०७७ असोज १२ गते देखि २ महिना सम्म नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।
यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।
माछापुच्छ्रे बैंक आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ् सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट बैंकिङ् सेवा प्रदान गरीरहेको छ ।
वि.सं.२०७७ असोज १४ बुधवार १५:५२



















