YouTube Link

नेपालको आर्थिक वृद्धिदर अर्को वर्षसम्म ६ दशमलब २ प्रतिशतभन्दा माथि रहने एडिबीको निष्कर्श

Facebook Link

काठमाडौं: विकास साझेदार एशियाली विकास बैंक एडिबीले नेपालको आर्थिक वृद्धिदर अर्को वर्षसम्म ६ दशमलब २ प्रतिशतभन्दा माथि रहने बताएको छ । नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ दशमलब २ प्रतिशत तथा आगामी वर्ष ६ दशमलब ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडिबीले गरेको हो ।

एडिबी नेपालका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भूकम्पपछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेको बताए छ । वित्तीय संघीयता कुशलतापूर्वक कार्यान्वयन तथा वित्तीय अनुशासन पालना गरेमा नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उनले बताए । कृषिक्षेत्रको वृद्धि गत आर्थिक वर्षको २ दशमलब ८ प्रतिशतबाट बढेर यो आर्थिक वर्षमा ४ दशमलब ५ प्रतिशत पुग्ने एडिबी म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।

त्यसैगरी औद्योगिक क्षेत्र ७ दशमलब १ प्रतिशतले एवम् थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवाक्षेत्र ६ दशमलब ४ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण छ । प्रतिवेदनले भारतमा मुद्रास्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धिदर भने ४ दशमलब ४ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । आयातमा आधारित राजश्व संकलन लक्ष्यअनुसार भएपनि पूँजीगत खर्च आर्थिक वर्षको अन्तिम महिनामा मात्र हुने प्रवृत्ति हावी रहेको भन्दै एडिबीले सचेत गराएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...