Health Ad
YouTube Link

नेपालको आर्थिक वृद्धिदर अर्को वर्षसम्म ६ दशमलब २ प्रतिशतभन्दा माथि रहने एडिबीको निष्कर्श

Khanepani Dhal
Facebook Link

काठमाडौं: विकास साझेदार एशियाली विकास बैंक एडिबीले नेपालको आर्थिक वृद्धिदर अर्को वर्षसम्म ६ दशमलब २ प्रतिशतभन्दा माथि रहने बताएको छ । नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ दशमलब २ प्रतिशत तथा आगामी वर्ष ६ दशमलब ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडिबीले गरेको हो ।

एडिबी नेपालका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भूकम्पपछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेको बताए छ । वित्तीय संघीयता कुशलतापूर्वक कार्यान्वयन तथा वित्तीय अनुशासन पालना गरेमा नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उनले बताए । कृषिक्षेत्रको वृद्धि गत आर्थिक वर्षको २ दशमलब ८ प्रतिशतबाट बढेर यो आर्थिक वर्षमा ४ दशमलब ५ प्रतिशत पुग्ने एडिबी म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।

त्यसैगरी औद्योगिक क्षेत्र ७ दशमलब १ प्रतिशतले एवम् थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवाक्षेत्र ६ दशमलब ४ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण छ । प्रतिवेदनले भारतमा मुद्रास्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धिदर भने ४ दशमलब ४ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । आयातमा आधारित राजश्व संकलन लक्ष्यअनुसार भएपनि पूँजीगत खर्च आर्थिक वर्षको अन्तिम महिनामा मात्र हुने प्रवृत्ति हावी रहेको भन्दै एडिबीले सचेत गराएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन

वि.सं.२०८१ चैत १ शुक्रवार ११:५०

काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ...

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...