YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा चेन्नई सुपर किङ्गस ३७ रनले पराजित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो ।

हारसंगै लिगमा चेन्नईको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो । मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ३३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि केदार जादबले अर्धशतकीय इनिङ्स खेल्दै ५८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सुरेश रैनाले १६ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए । शार्दुल ठाकुर १२ रन मै अविजित रहे । मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले ३/३ विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए । जितसँगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई छैटौं स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ । चेन्नई दोस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...