सानिमा बैंककाे क्रेडिट कार्ड आवेदन अनलाईन मार्फत्
वि.सं.२०७७ असोज ७ बुधवार ०९:२३
1.6K
shares
काठमाडौं: सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट www.sanimabank.com मा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी निवेदन दिन सकिने बैंकले जनाएको छ।
फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत (Approval) भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएकाे छ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ ।
सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ असोज ७ बुधवार ०९:२३



















