डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घट्यो, पेट्रोलको मूल्य यथावत
वि.सं.२०७७ भदौ ३१ बुधवार २१:५८
1.5K
shares
काठमाडौं: डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाएको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।
वि.सं.२०७७ भदौ ३१ बुधवार २१:५८




















